ललितपुर – धापाखेल स्थित सुमेरु अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी रंजिता नाम गरेकी युवतीको रिपोर्ट अस्पताल प्रशासनले गोप्य राखेको छ ।
कोरोनाका कारण मृत्यु भएको आशंका गरिएकी फर्पिङ घर भएकी कर्मचारीको रिपोर्ट गोप्य राखेको कुरा खुल्न आएको हो । उपचारका क्रममा मृत्यु भएकी मृतकको अन्तिम समयमा लक्षण देखिएको बताइएको छ । अस्पताललाई शील गरिने भयले आन्तरिक ब्यवस्थापन अर्थात सम्बन्धित कर्मचारीलाई आइशोलेसनमा राख्नु बाहेक केही नगरेको जसबाट अन्य कर्मचारी र सेवाग्राही जोखिममा रहेको स्रोतले जनाएको छ ।
फर्पिङ निवासी मृतक कर्मचारीको मृत्यु हुनु र फर्पिङमा नीजको सम्पर्कमा आएकोहरुमा रुघाखोकीको लक्षण देखिएबाट स्थानीय सहित मृतकका देवर नाता पर्नेले अस्पतालमा वास्तविक मृत्युको कारण र रिपोर्टको लागि अस्पताल प्रशासनसँग माग गरिएको बुझिएको छ ।
मुनाफाको लोभमा अस्पतालले सूचना यसरी गुपचुप राख्नु जनस्वास्थ्य र महामारी प्रति गम्भीर हेलचेक्र्याई गरेको कुरा अस्पतालका कर्मचारीको गुनासो रहेको कुरा स्रोतले बताएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७