१७ हजार घुस लिएको आरोपमा सहायक वन अधिकृतसिहत ६ जना पक्राउ
प्रकाशित मिति: २०७७ श्रावण २८, बुधबार (४ साल अघि)
५५७ पटक पढिएको
काठमाडौँ — सेवाग्राहीसँग घुस लिएको उजुरीको आधारमा सहायक वन अधिकृतसहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वन अधिकृत शिवनारायण यादव , उदयपुरका प्रमुख विनोद कुमार शाह, फोरेष्टर रमेश राई, सव डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउत रहेका छन् । १७ हजार घुस लिएको आरोपमा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो ।
अहिले उनीरुमाथि थप अनुसन्भान भइरहेको जानकारी प्राप्त भएको छ ।