काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक दीलीप कार्कीलाई नियन्त्रणमा लिएको छ।
प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा रकम हिनामिना गरेको सम्बन्धमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको हो।
उनले पम्पमा कार्यरत हुँदा आर्थिक वर्ष २०७४/०७५ र२०७५/०७६ मा एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको आरोप छ।
त्यही सम्बन्धी अनुसन्धान गर्न अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
कार्की प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार अख्तियारमा दाखिला हुन गएका थिए।
अख्तियारले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७