ललितपुर – प्रहरीले सवारीमा रहेका प्रेस अंकित ज्याकेट लगाएर हिड्ने व्यक्तिलाई चेक गर्न सुरु गरेका छन् । ‘तपाईँ प्रेस हो ? परिचय पत्र देखाउनुस्’ भन्दै सवारीमा सवार प्रेस अंकित चिन्ह लिएर हिड्ने व्यक्तिलाई चेक गर्न सुरु गरेका हुन्।
प्रहरीले सुरु गरेको परिचय पत्र चेकजाँचलाई पत्रकारहरुले नै स्वागत गरेका छन् । प्रहरीको यस कदमले गैर पत्रकारले प्रेसको दुरुपयोग गर्ने गरेकोमा त्यस्ता व्यक्तिलाई हतोत्साही बनाउने बिश्वास गरिएको छ।
‘हामीले सहज ढंगले परिचयपत्र जाँच्दैछौं ।’ सडकमा सवारीसाधन चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरीले भने, ‘यसलाई ठुलो इस्यु बनाउन जरुरत छैन ।’
प्रहरीले आकस्मिकरुपमा प्रेस ज्याकेट लगाएर सडकमा हिड्ने पत्रकारलाई सूचना विभागको पास भए/नभएको हेर्ने गरेको छ । राजधानीमा पनि धेरै संचारकर्मीहरुलाई प्रहरीले आकस्मिकरुपमा परिचयपत्र जाँच गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७