काठमाडौं – बनेपाको स्पाइनल कर्ड इन्जुरी अस्पतालमा २३ जना सहित काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार स्पाइनल इन्जुरी अस्पतालमा २३ जना र धुलिखेल अस्पतालमा १० जना र धुलिखेलका स्थानीय दुई जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यी सबैको शनिबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । झाका अनुसार योसँगै काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या १३९ पुगेको छ ।
बनेपा नगरपालिका–१३ मा रहेको स्पाइनल इन्जुरी अस्पतालमा संक्रमण देखिएकामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राही समेत रहेको अस्पतालका निर्देशक हरि अधिकारीले जानकारी दिए । उनका अनुसार कुल संक्रमितमध्ये नौ जना अस्पतालका सेवाग्राही हुन् भने बाँकी अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी हुन् ।
उता स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि स्पाइनल इन्जुरी अस्पतालका निर्देशकसहित कर्मचारी एवं स्वास्थ्यकर्मीहरू होम क्वारेन्टिनमा गएको अधिकारीले जानकारी दिए । अहिले अस्पताल क्षेत्रमा वडा कार्यालयको सक्रियतामा आवतजावतमा कडाइ गरिएको बनेपा नगरपालिका वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७