काठमाडौं, असोज १ – सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएको थियो । दाहिने इन्जिनमा चरा ठोक्किएका कारण जहाजको पंखामा नै क्षति पुगेको छ ।
जहाजमा चरा ठोक्किएपछि पंखामा क्षती पुगेकोले जहाज उडान गर्न नसक्ने अवस्थामा पुगेको जनाईएको छ । चालकले चरा ठोकिएपनि जहाज ल्याण्ड नगरी सिधै विराटनगर लगेका थिए ।
विमान २ दिनका लागि विराटनगरमै ग्राउण्डेड गरिएको र पूर्णरूपमा तयार भएपछि नियमित उडान गरिने जनाईएको छ । यसअघि पनि चराकै कारण धेरै जहाजहरू दुर्घटनाको जोखिममा परेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३