Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २०, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

४ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

४ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

शुक्रबारको घट्नाप्रति नेकपा एसको आपत्ति, पत्रकार हत्यारालाई कारवाहीको माग

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ चैत्र १७, आईतबार (३ महिना अघि)

  • १७३ पटक पढिएको
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पत्रकार सुरेश रजकको विभत्स हत्या भएको भन्दै हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

    आइतबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलनको आयोजनागरी नेकपा एसले एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकलाई रिपोर्टिङकै क्रममा राजावादीहरुले घरभित्र थुनेर आगो लगाइ विभत्स हत्या गरेको भन्दै कारबाहीको माग गरेको हो ।

    विज्ञप्तिमा लेखिएको छ,‘तथाकथित प्रदर्शनका नाममा दरबारिया, राजावादी वितण्डावादीहरूले मान्छेलाई जिउँदै जलाउने, निजी र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने, सञ्चार गृहमा आक्रमण, लुटपाट गर्ने अत्यन्त आततायी, अराजक र हिंस्रक कामहरू गरेका छन् । एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई रिपोर्टिङकै क्रममा घरभित्र थुनेर आगो लगाइ विभत्स हत्या गरिएको छ । सुरक्षाकर्मीको हतियार खोस्ने, त्यसको फोटो खिच्ने पत्रकारको खुट्टा भाँच्ने घृणित काम गरेका छन् । हाम्रो पार्टी पत्रकार रजकका हत्यारालाई कडाभन्दा कडा कारबाहीको माग गर्दछ ।’

    त्यस्तै पार्टीले नीजि घर,पसल र गाडीहरूमा आगजनी गर्ने, राजनीतिक दलका नेताहरूको घरमा ढुंगामुढा गर्ने काम गरेको भन्दै यस्तो अराजक र अपराधिक दृष्य सभ्य समाजका लागि स्विकार्य नहुने जनाएको छ ।

    ‘त्यसैगरी अत्यावश्यक औषधि उत्पादन गर्ने जडिबुटी कारखानामा आगजनी गरेर करोडौंको क्षति पुग्याइएको छ । हजारों लिटर फ्युल रहेको सिनामंगल स्थित आयल निगमको हवाई डिपोमा आगजनी गर्ने दुष्प्रयत्न गरिएको छ । भाटभटेनी सुपर स्टोरमा प्रवेश गरी लुटपाट र तोडफोड गरेर करोडौंको क्षति गरिएको छ । व्यक्तिका नीजि घर र पसलहरूमा आगजनी गरिएको छ । सरकारी र निजी सवारी साधनहरू जलाउने काम भएको छ । राजनीतिक दलका नेताहरूको घरमा ढुंगा मुढा गर्ने काम गरिएको छ । यस्तो अराजक र अपराधिक दृष्य सभ्य समाजका लागि स्विकार्य हुँदैनन् ।’

    यस्तो हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न अपराधिहरूलाई कानुनअनुसार कडाभन्दा कडा कार्बाही गर्न र सार्वजनिक, नीजी, व्यवसायिक क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग पार्टीले माग गरेको छ ।

    यस्तै पार्टीले सोही दिन भएको समाजवादी मोर्चाको जनसभा भव्यता, शालीनता, शान्तिपूर्ण र उत्साहजनक रूपमा सफल भएको पनि जानकारी गराएको छ ।

    यसैबीच नेकपा एसले हिजो शनिबार बसेको पार्टी स्थायी कमिटीको बैठक निर्णय र प्रस्तावहरू पनि सार्वजनिक गरेको छ ।

    यस्ता छन् बैठकमा निर्णय र पारित भएका प्रस्तावहरु

    १.राजावादी अराजक जत्थाद्वारा गरिएको हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायतका उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलापको घोर निन्दा एवं भत्सर्ना गर्दै यस्ता क्रियाकलापको देशब्यापी रूपमा भण्डाफोर गर्ने।

    २. हाम्रो पार्टी नेकपा (एकिकृत समाजवादी) को काठमाडौं आलोकनगर स्थित केन्द्रीय कार्यालय र काठमाण्डौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको निवासलगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनी विरूद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुले सम्बन्धित तहमा देशैव्यापी विरोध प्रदर्शन गर्ने।

    ३.तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही माग गर्ने।

    ४.अराजकतावादीहरूको प्रदर्शनमा उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी हो। सरकारको यो कमजोरी र गैरजिम्मेवार व्यवहारको विरोध गर्ने।

    ५.राजावादी आततायीहरूद्वारा हत्या गरिएका एभीन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलगायत मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दै मृतकका परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution