काठमाडौं, असोज २ – विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दशैलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ ।
सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए ।
पोहोर दशैमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । आजको नागरिक दैनिकमा खबर छ । उनका अनुसार अब २—३ दिनभित्र हुने छलफललले सटही शुरु हुने दिन र तौरतारिका टुंगो लगाउने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७