काठमाडौँ, ५ असोज– सुरक्षाको कारण देखाउँदै मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणको लागि बन्द गरिएको छ ।
सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर (नेपाली सेना) को गेट निजामती कर्मचारीले मात्र प्रवेश पाउने गरी बन्द गरिएको छ ।
सुरक्षाकर्मी र कार्यालय समयमा निजामती कर्मचारीले मात्र प्रयोग गर्ने गरी पश्चिम उत्तरतर्फको गेट बन्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले बताए । उनले सिंहदरबारभित्र प्रवेश गर्न सहज बनाउनका लागि अध्ययन भइरहेको जानकारी दिए । नेपाल समाचारपत्रबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७