सरकारले यातायात व्यवासायीसँग सौदाबाजी गरेर दसैँको सवारीसाधनमा ९० प्रतिशत भाडा बढाएके छ ।
सरकारले आफैँले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो ।
सरकारले केही महिनाअघि सिन्डिकेट अन्त्य भएको घोषणा गरी यातायात समितिहरु खारेज भएको जनाएको थियो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेटधारी महासंघसँग भाडा बढाउने सम्झौता गरेपछि उपभोक्ता अधिाकारकर्मीले यसको विरोध गरेका छन् ।
उनीहरुले भाडा बृद्धिको निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन् ।
उपभोक्ता अधिकारी अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारले सिन्डिकेटधारी यातायात व्यवासायीसँग अस्वभाविक सम्झौता गरेर ९० प्रतिशत मुल्य बृद्धि गरेको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७