काठमाडौँ, १८ असोज– भैरहवाबाट काठमाण्डु आउँदै गरेको यति एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ ।
यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाण्डु आउँदै गर्दा कपिलवस्तुीकी ३० वर्षीया पुष्पा रायमाझीको जहाजमै मृत्यु भएको मृतकका परिवारले जनाएका छन् । यती एयरको एटीआर ७२—५०० यात्रा गररहेकै रायमाझी भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।
विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । पुष्पा, उनकी फुपु माया खड्का र ७८ वर्षीया हजुरआमा दाँतको उपचारका लागि काठमाण्डु आउँदै थिए । अन्नपूर्ण पोस्टबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७