बैतडी – कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
जोशीले २०७४ फगुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ बर्षीया डम्बरा भट्टलाई जबरजस्तीकरणी गरी हत्या गरेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७