यती एयरलाइन्सको विमानमा स्याल ठोक्किएको छ।
नेपालगन्जको राँझा विमानस्थलमा यती एयरको विमानमा स्याल ठोक्किएको हो।
आइतबार साँझ काठमाडौंबाट नेपालगञ्जको लागि उडेको यती एयरको नाइन एन एएमएम कल साइनको विमान अवतरणको क्रममा स्याल ठोक्किएको हो।
विमानमा सवार यात्रु भने सकुशल रहेका नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।
विमानमा सामान्य क्षति भएको जनाइएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७