नेपालीहरुको महान पर्व दशैँको अवसर पारेर नेपाल टेलिकमले दसैं अफर सार्वजनिक गरेको छ। टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस र एडीएसएल वाइम्याक्सतर्फ पनि अफर सार्वजनिक गरको छ।
के के छन् त अफर ?
१. अनलिमिटेड प्याक ः यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने जनाएको छ । रु. ६००।– मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराएको छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर विहान ६ बजेदेखि राती १० बजेसम्म र १ जीबी अफपिक आवर राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र रु. ३ सयमा समेत उपलब्ध हुनेछ ।
२.एडीएसएल /एफटीटीएच /वाइम्याक्स तर्फ: आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल एफटीटीएच वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने छ ।
३. डाटा प्याक अफरमा ३६ एमबी डाटा रु. ६ मा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।
उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ ।
अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
४. रिचार्जमा बोनस मा असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रु. १०० र २०० को रिचार्ज कार्ड (ERC) वा इलेक्ट्रोनिक रिचार्ज (MPoS) मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । रु. १०० र २०० को बोनस ३ दिन भित्र र रु। ५०० र १००० को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।
५. भ्वाइस प्याक अन्तर्गत रु.६ मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३