Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ ३, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

‘तेमाल जात्राः तामाङ समुदायको जीवन्त पर्व’

भीम लामा काठमाडौँ प्रकाशित मिति: २०८१ बैशाख १०, सोमबार (१ साल अघि)

  • ७४७ पटक पढिएको
  • कला संस्कृतिले भरिएको देश नेपाल । विभिन्न जातजाति समुदायका बेग्लै पहिचान, रीति–रिवाज, संस्कृति र परम्परा छ । विविधता छ तर त्यसबीच पनि एकता छ । यस्तै विविधता, विशेषता र मर्मले युक्त छ तामाङ समुदाय र सिंगो बौद्ध धर्मलम्बीहरुको महान पर्व तेमाल जात्रा ।

    प्रत्येक वर्षको चैत पूर्णिमाको दिन हुने तेमाल जात्रालाई तामाङ समुदायले ल्होछारपछिको ठूलो साँस्कृतिक पर्वको रुपमा मनाउँदै आएको छ । विशेष गरी तेमाल जात्रालाई बौद्ध धर्म संस्कारसंग जोडिएको पर्वको रुपमा लिइन्छ । तेमाल जात्राका लागि तामाङ समुदायका मानिसहरू यम्बुला (काठमाडौँ) को ज्यारूङ खस्योर (बौद्ध) र सिङ्गुन (स्वयम्भू) मा भेला हुन्छन् ।

    चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्धमा आफ्ना दिवङ्गत बुबाआमा तथा पितृजनका नाममा ङोवा मोन्लम पाठ गराई नाङ्साल म्हारमेन (बत्ति) बाल्दछन् साथै बौद्ध छ्योर्तेन र स्वयम्भूको कोरोवा (घुम्ने) पनि गर्दछन् । त्यसो गर्नाले मृतकका चित्तले मुक्ति पाउने र सुखावती भुवनमा बास पाउँछ भन्ने विश्वास रहेको पाइन्छ । त्यस्तो ङोवा मोन्लम (पूजापाठ) गर्दा आफ्नो गच्छेनुसार लामालाई दान गर्ने, छोक (प्रसाद) चढाउने जस्ता कार्य गर्दछन् । उक्त कार्य गर्दा सकेसम्म नुन बार्ने धार्मिक चलन पनि रहेको छ । आफन्तजनको निधन हुँदा नुन बार्ने चलन भएकोले सोही दिन छाक (सुद्ध) बस्नुपर्ने संस्कार बौद्ध धर्मभित्र रहेको छ ।

    जात्रा भनिनुको कारण

    हरेक पर्वको आफ्नै विधि र संस्कार हुन्छन् । जात्रा भन्ने बित्तिकै उत्साव वा रमाइलो क्षणलाई बुझिन्छ । तेमाल जात्रा भने फरक तरिकले बुझ्न आवश्यक छ । टाढा टाढाबाट आउने भक्तजन तथा श्रद्र्धालुहरु दिनभर दिवङ्गत आफन्तजनको सम्झनामा पूजापाठ गराएपछि घर फर्किन सकिदैनन् । त्यसैले स्तूप वरिपरि बस्दै एकअर्कामा चिनजान गराउँदै तामाङ फापारे सेलो गाएर दिनभरको थकान र पूरै रात बिताउने गरेकोले जात्राको रुपमा नामाकरण भएको भनाई रहेको छ । परिवारका सदस्य दिवङ्गत भएको पहिलो वर्ष अनिवार्य रुपमा बौद्ध र स्वयम्भूमा उहाँको सम्झनामा बत्ति बाल्नुपर्ने चलन रहेको छ । र, यसरी पितृलाई सम्झेर प्रार्थना गर्छन् ।

    आफन्त तथा गीत गाउने संगीसाथीसंग भेटेर गीत गाउँछन् । पीरव्यथालाई क्षणभरकै लागि भएपनि भुल्ने यत्न गर्छन् । धर्म गर्छन्, संस्कृति जोगाउँछन् अनि त्यही बहानामा नाचगान पनि गर्छन् । गीतबाट नै तामाङ भनेर संसारलाई चिनाउँछन् । गीतबाट नै तामाङ संस्कृतिबारे ज्ञानको आदान प्रदान गर्छन् । कतिपय व्यक्ति तथा संस्थाहरू पिउने पानी–सर्बत आदि बाँड्छन् । कोही जुस नै बाँड्छन् । कोहीले फलफूल पनि बाँड्छन् । सेवा नै धर्म भन्ने कुरालाई व्यवहारमा उतार्छन् ।

    पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ । यस जात्रालाई बौद्ध जात्रा समेत भनिन्छ ।

    यसरी भयो बौद्धमा तेमाल जात्राको नामाकरण

    वि.सं. १८९१ असोज २ मा काभ्रेपाल्चोक जिल्ला तेमालका अन्तिम राजा रिन्जन दोर्जे बलले तेमाल जात्रालाई राजकीय पर्वको रुपमा मान्यता दिएको भनाइ पनि छ । अर्को भनाइअनुसार बौद्ध स्तूपको जीर्णोद्धारा सम्पन्न भएको खुसीमा तेमालको राजा बलले तेमाल जात्रा चलाएका हुन् । जात्रा सुरु हुँदाताक तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ । अहिले यस जात्रामा सहभागी हुन काभ्रेको तेमाल लगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । पछिल्लो समयमा यस जात्रामा देशबाहिरका भुटान, भारत, दार्जिलिङ र सिक्किमबाट समेत उपस्थिति हुने गरेको पाइन्छ ।

    जात्रासम्बद्ध बौद्ध र स्वयम्भू स्तूप

    बौद्ध स्तूपले धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको छ। यसलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो । बौद्ध किम्बदन्ती अनुसार सत्य युगमा विपश्वी बुद्ध काठमाडौं उपत्यकामा आएर नागार्जुन डाँडामा साधना गरेका थिए । उनैले ऋषि शक्तिले चैत पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको बिज रोपेका थिए। सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको कथन छ । यसरी विपश्वी बुद्धले कमलको बिज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    हरप्रहर

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

  • समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    हरप्रहर

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

  • नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू
    हरप्रहर

    नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू

  • कालापत्थर आरोहण र पग्लिरहेका हिमाल
    हरप्रहर

    कालापत्थर आरोहण र पग्लिरहेका हिमाल

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution