कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो।
अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। ‘कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा टोली पुग्दा पाँच लाख नगदसहित पक्राउ गरिएको हो,’ ढकालले भने।
थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए। उनी शंकास्पद तरिकाले कार्यालय गएको बेला अख्तियारको टोली पछि लागेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३