काठमाडौं – प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।
सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ । आजको कान्तिपुरले पहिलो पृष्ठमा समाचार छापेको छ ।
प्रदेश मातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् ।
प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७