काठमाडौं – नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन् ।
दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो ।
विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७