नवलपरासी – पश्चिमको प्रतापपुर गाउँपालिका ७ स्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन ठप्प भएको छ ।
भारतले गण्डक नहरमा पानी बन्द गर्दा १५ मेगावाट क्षमताको केन्द्रमा विद्युत उत्पादन ठप्प भएको हो ।
भारत सरकारले नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पनी बन्द गर्दा विद्युत उत्पादन प्रभावित भएको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए ।
भारतले पत्येक बर्ष कार्तिकमा ४० दिनसम्म नहरमा पानी रोक्ने गरेको छ । आजको नयाँ पत्रिकाले पृष्ठ ४ मा समाचार छापेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७