काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।
चाडपर्वमा हुने चोरी डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् ।
चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ ।
नियन्त्रणपछि यो वर्षको दशैँमा छिटपुटबाहेक चोरी डकैतीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । उनले भने, ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे। यो पटक त्यति भएनन् ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७