कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ ।
उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् ।
आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ ।
विधेयक मंगलबार ससदमा दर्ता भएको छ ।
विधेयकमा सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलको नेतालाई ५० हजार र सचेतक र समिति अध्यक्षलार्य ४८ हजार मासिक तलब प्रस्ताव गरिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
त्यस्तै, कर्णालीमा मुख्यमन्त्रीको मासिक तलब ६१ हजार प्रस्ताव गरिएको छ ।
मुख्यमन्त्री र मन्त्रीहरुको सेवा सुविधासम्बन्धी ससदमा मंगलबार दर्ता विधेयकमा मुख्यमन्त्रीलार्य मासिक ६० हजार ९ सय ७० तलब उपलब्ध गराउने प्रस्ताव छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७