सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ परेकी छन् ।
न्यायाधीश श्रीमान्को हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललिता र उनका दाजुभाउजुलाई सोमबार पक्राउ गरिएको हो
ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहान पक्राउ पक्राउ परेका छन् । ललिता राउतकी अर्की भाउजु भोजकुमारी पोखरेल भने फरार छिन् ।
न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको किर्ते हस्ताक्षर र औंठाछाप गरेर ललिताले अर्केको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७