उदयपुर – परिवारको आशा थियो छोराले पैसा पठउला । ऋण तिर्ला । बुढा आमाबाको ओखतीमुलो गर्ला ।
नानीहरुका लागि नानाचाचको बाकस बोके फर्कला । तर, कमाउने छोरै बाकसभित्र फर्केपछि मंगलीमाया र सार्कीबहादुर मगरको परिवारमा सन्नाटा छाएको छ ।
त्रियुगाा ५ श्रीपुरका २६ बर्षे रतन मगर मलेसिया पुगेको थियो ।
दसैंको दिन उनको परिवार छोराको फोन पर्खेर बसेको थियो ।
चाडको दिन सुखद दुःखको कुरा गरुँला भन्ने आशामा बसेकी पत्नी मीना २३ को फोन त बज्यो । तर, त्यो फोनको मात्रै घण्टी थिएन, मगर परिवारको दुःखको साइरन थियो ।
टीका थाप्दै गरेको बेला रतनको मलेसियामै मृत्यु भएको खबरको उनीहरुले सामना गरे ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७