मोरङ, कात्तिक २६ – मोरङको कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ परेका छन् । १४ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका –५ का ३९ बर्षका बाबु परेका हुन् ।
श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । उनका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ । किशोरीले उक्त घटना हजुरआमालाई सुनाएकी थिइन् । त्यही आधारमा हजुरआमाले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३