काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई खुला राख्दै पार्टीका सांगठनिक संरचना र गतिविधि भने भूमिगतरुपमा गर्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
पार्टी पुनर्गठन दिवसको अवसर पारेर केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लव सार्वजनिक नभए पनि देशभित्रै रहेको दाबी गरिएको छ ।
यद्यपि नेकपाले विप्लवले नै सो सभामा सम्बोधन गर्ने बताउँदै आएको थियो ।
उक्त सभाको प्रमुख वक्ताको रुपमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्नुभएको थियो ।
उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘महासचिव विप्लवजी खुलमखुला नै हुनुहुन्छ । सजिलै भेट्न सक्नुहुन्छ हजुरले पनि । कुन कार्यक्रममा को जाने भन्ने निर्णय पार्टीले आवश्यकता हेरेर गर्छ । भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो जस्तो लाग्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७