काठमाडौँ – कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
उनीहरुले आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुर्नवहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका हुन । बर्खास्त गरेको ३५ दिनभित्र पुर्नवहालीको निवेदन दिने प्राब्धान अनुसार उनीहरुले आफूहरुलाई पुर्नवहाली गरी सरकारी सेवामा निरन्तरता दिन माग गरका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७