काठमाडौँ – ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन । सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो छ – म भष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र जनाताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्छु ।यो समाचार आजको नागरिक दैनिकमा छ ।
तर , यसरी दिनहुँ शपथ लिने राष्ट्रसेवक कर्मचारीले घुस खान भने छाडेका छैनन् । खासगरी सेवाग्राहीको चाप हुने निकायमा कार्यरत कर्मचारीले घुसविबना काम गर्दैनन् भन्ने जनगुनासो व्याप्त छ ।
समयसमयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेका कर्मचारी भ्रष्टाचार गरेको आरोपमा चलाइएका मुद्दा हेर्दा जनगुनासोमा सत्यता देखिन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७