जनकपुर – प्रहरीले ८३ लाख ६२ हजार रुपैयाँसहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सयुक्त टोलीले ८३ लाख ६२ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।
आइतबार बिहान १० बजे जनकपुर उपमहानगरपालिका ११ स्थित रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले भारत मधुवनी बासोपट्टका सन्तोष महतो र नरेश महतो, सन्तोष मण्डल, पप्पुकुमार दास तथा जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका २ का मोख्तार अहमद रहेका छन् । अहमद व्यवसायी हुन् ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाब खाताका साथै ६ थान मोबाइल बरामद गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३