पोखरा – मनाङ खबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशसभा सदस्यको शपथ लिन नपाउने भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई शपथ नगराउने निर्णय आइतबार लिएका हुन् ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थुनामा रहेका राजीव सर्वोच्च अदालतको आदेशमा पुस ६ गते रिहा भएका थिए ।
उनले प्रदेशसभा सदस्य निर्वाचित भएको भनेर निर्वाचन आयोगबाट प्राप्त प्रमाणसहित शपथका लागि पुस ११ गते निवेदन दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७