काठमाडौँ – मेलम्ची पानी काठमाडौँ ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेना हप्ता दिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ ।
सुरुङ, स्थायी बाँध र पानी प्रशोधन केन्द्र जस्ता मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौँमा आउने समय अझै लम्बिने भएको छ ।
मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले पुस २२ गतेयता आयोजना र ठेकेदार पक्षसँग संवाद नभएको प्रस्ट्याएका हुन् । नेपाल समाचारपत्रबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७