काठमाडौं – काठमाडौंको शङ्करापुर नगरपालिकामा रहेको धार्मिक नदी शालिनदीमा स्वस्थानी व्रत कथा सुरु भएसँगै एक महिने मेला आज सोमबारदेखि सुरु भएको छ । पौषशुल्क पुर्णिमा तिथिदेखि सुरु हुने मेला माघ शुक्ल पूणिर्मासम्म चल्ने छ ।
मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिनासम्म बसिने यस व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी कथाको जनविश्वास रहेको छ ।
एक महिनापछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३