तनहुँ – तनहु १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने तलबवापतको रकम जिल्लाका दुई सामाजिक संस्थालाई हस्तान्तरण गरेका छन् ।
उनले हरेक महिना एक एक संस्थालाई तलब बापतको रकम सामाजिक काममा उपलब्ध गराउदै आएका छन् ।
सांसद भए बापतको तलब जिल्लाका विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउने चुनावी प्रतिबद्धता बमोजिम श्रेष्ठले दुई पछिल्लो दुई महिनाको तलब भानु नगरपालिकास्थित सिद्धबाबा युवा क्लब र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् तनहुँलाई प्रदान गरेका हुन् ।
दुवै संस्थाको रकम सांसद श्रेष्ठले क्लबका सल्लाहाकार एवं तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य रगबहादुर गुरुङलाई हस्तान्तरण गरे । यसअघिको तलब अन्य संघ संस्थालाई एक एक महिनाको दरले उपलब्ध गराएको उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३