सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौंदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आ–आफ्नो क्षेत्रमा बाँडेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५र१५ गाडी पुर्याएका छन् । महँगा गाडी मन्त्रालय परिसरमै थन्किन थालेपछि केही महिनाअघि प्रधानमन्त्री कार्यालयले तिनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कार्यालयका प्रवक्ता विनोद कुँवरको संयोजकत्वमा बेवारिसे गाडी व्यवस्थापन गर्न समिति बनाइएको थियो ।
समितिले त्यस्ता गाडी स्थानीय तहमा वितरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दियो । तर, मन्त्री र कर्मचारीको पहुँचका आधारमा गाडी बाँडिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार बाँडिएकामध्ये सबैभन्दा धेरै गाडी मन्त्री पण्डितको क्षेत्रमा पुगेका छन् । उनी मोरङ क्षेत्र नम्बर ६ बाट निर्वा्चित भएका हुन् । मोरङका स्थानीय तहमा मात्रै १५ वटा गाडी बाँडिएका छन् । त्यसमध्ये बुढीगंगा गाउँपालिकामा मात्रै ६ वटा गाडी पुर्याइएको छ । नयाँ पत्रिकाबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७