काठमाडौं – भोजपुरको आमचोक गाउँपालिकाका असिष्टेन्ट सवइन्जिनियर बिष्णुकुमार राई ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग राईले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा वडा नम्बर ७ हर्दिलाबाट उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता कोइरालाले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३