Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

दशैंमा मिठाइ कोसेली बन्द गरौं, फापर र तामा प्रयोग गरौं : डा. अरुणा उप्रेती

प्रमिला कार्की काठमाडौँ प्रकाशित मिति: २०८१ आश्विन २०, आईतबार (९ महिना अघि)

  • २५३ पटक पढिएको
  • मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ । डाक्टर, अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन् । उनीहरुको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभएपनि तथ्याकंले के देखाउँछ भने नसर्ने रोगहरु एकदमै बढ्दै गइरहेको छ । झण्डै ३५ प्रतिशत महिलाहरु मोटोपनको शिकार भएका छन् । त्यसमा पनि उच्च वर्गका ५३ प्रतिशत र गरिब वर्गका २० प्रतिशत महिला मोटोपनको शिकार भएको तथ्याकंले देखाउँछ । जनस्वास्थ्यको दृष्टिकोणले यो नराम्रो अवस्था हो । कुपोषण पनि बढेको छ । जसले बालबालिको शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि समस्या ल्याइरहेको छ ।

    खानपान र स्वस्थ्य जीवनशैलीलाई चाडपर्वमा मात्र होइन् । जहिले पनि ध्यान दिनुपर्छ । र त्यसलाई जिन्दगीको अंग नै बनाउनुपर्छ । चाडपर्वको बेला आफन्त र साथीभाइसँग भेट हुन्छ, धेरै समयसम्म भेट नभएकाहरुसँग पनि भेट हुन्छ । त्यो बेला खानाको बारेमा महत्वपूर्ण कुरा हुन्छ । दशैंको बेला हो, मासु खाऔं भन्ने हुन्छ । पहिला पहिला त ‘दशैं आयो खाउला पिउला’ भन्दा मासु नै भन्ने हुन्थ्यो । तर अहिलेको समयमा मासु अरु समयमा पनि खाने भएकाले त्यति चासो हुन्न र पनि दशैँको बेला छुट्टै यसको महत्व हुन्छ ।

    तर एउटा के कुरा चाँही विचार गर्नुपर्छ भने चाडपर्वको बेला खानपिन त गरिन्छ तर स्वास्थ्य अवस्थालाई चाँही ध्यानमा राख्नैपर्छ । किनकी खानलाई लागि धेरै खायो त्यसपछि विरामी पर्यो भने केही मतलब नै हुँदैन् । तर त्यसको असर दिर्घकाल रुपमा पर्दै जान्छ ।

    पाँच छ फिटको शरीरका लागि तीनचार इन्चको जिब्रोले कन्ट्रोल गर्न सक्दैन । त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । मासु, तरकारी, दालभात विभिन्न किसिमका परिकारहरु खाइन्छ । तर यसमा आनन्द पनि जोडिएको छ । पेट भर्ने मात्रै होइन् । घर परिवारसँग, पाहुनालाई बोलाए सँगै खाँदा छुट्टै आनन्द आउँछ । तर यस्तो बेला खानेकुरामा एकदमै संवेदनशिल बन्नुपर्छ । विशेषगरी मासु एकदमै चिल्लो र मसलेदार साथै हेर्दा राम्रो लाग्ने हुन्छ । तर त्यो खाँदा असर गर्छ भन्नेकुरा बुझनुपर्छ । स्वास्थ्यलाई असर पर्ने कुराहरु सकेसम्म नखानुहोला । मान्छेको मन कस्तो हुन्छ भने मासु र भात पकाएर खाँदा पेट भरिएपनि मुख भरिएको छैन भन्दै खाने स्वभाव हुन्छ । त्यसले धेरै रोगको शिकार बनाउँछ । पहिला दशैंको बेला धेरै रक्सी खाने गरेको देखिन्थ्यो । तर अहिले के सिद्ध भएको छ भने रक्सी दशैंका लागि मात्र सिमित छैन । धेरै चिल्लो, गुलियो पदार्थहरु, कोल्ड ड्रिङक्सहरु , मिठाइहरु खाँदा मानिसहरुको शरीरमा पनि कलेजोमा बोसो जम्ने समस्या हुन्छ । त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म, कोल्ड ड्रिङक्सदेखि अन्य पेय पदार्थहरुसम्म सेवन गर्दा एकदमै ध्यान पुर्याएर खानुपर्छ ।

    कोल्ड ड्रिङक्सहरु त झन नछोएकै राम्रो हो । यसका सट्टामा कत्ति धेरै आफ्नै तरिकाका पेय पदार्थहरु कागती–पानी, पुदिना–पानी जस्ता सर्बतहरु सेवन गर्न सकिन्छ । स्वास्थ्य समस्या बढेर चाडपर्वमा अस्पताल जानेहरुको घुँइचो देखिन्छ । दशैं तिहारमा एकछिन रमाइलो ग¥यो, त्यसपछि अस्पतालमा डाक्टर खोज्दै जाने गरिन्छ । त्यस्तो भएपछि त चाडपर्वमा रमाइलो गरेको अर्थ नै भएन नि । त्यसैले पछिसम्म जिन्दगी रमाइलो भइराखोस् भन्ने हो भने दशैं तिहारमा पनि एकदमै संयमित भएर खाना खाने गर्नुपर्छ । पेटभरी र जबरजस्ती खानुहुँदैन । चाडपर्वको बेला जता जाँदा नि खाउँ न खाउँ भन्ने नेपालीहरुको बानी हुन्छ । उसले अपमानित महशुस गर्ला भनेर १० ठाउँमा जाँदा पनि अलि अलि मुखमा हाल्दा बढी नै हुन्छ । त्यसैले अपमानित नहुनेगरी एउटा टुक्रामात्र मुखमा हाल्ने र पेटमा उकुसमुकुस हुनेगरी खाँदै नखाने गर्नुपर्छ ।

    दशैंको मुखमा कर्णालीतिर प्रायः सुनिन्थ्यो चामल अभाव भएको कुरा । काठमाडौंबाट चामल लगेर अथवा नेपालगञ्जबाट चामल ढुवानी गरेर कर्णालीतिर लगेर त्यसपछि मानिसले चामल खाने भएको हुनाले चामल विषेश इज्जतको बस्तु मानियो । तर कर्णलीतिरको चिनो उवा, सिमी, आलु, मार्सी चामल पाइन्छ । त्यसको प्रयोग गर्दा पनि त हुन्छ । त्यसको अर्थ चामल खानै हुँदैन भन्ने होइन । तर भएन भने चामलको सट्टामा मिलाएर खान पनि त मिल्छ । चामल दशैंमा टीका लगाउने भएर त्यसलाई अक्षतासँग जोडेको हो तर चामल छैन, खान पाएनौं, भोकै मर्नपर्ने भयो भनेर बस्नुपर्ने पनि छैन् । सरकारले सबै ठाउँमा पुर्याउन सक्दैन् । पुर्याएको पनि छैन् । चामलको सट्टामा कत्ति धेरै स्वस्थकर खानेकुराहरु कोदो, फापर जस्ता अन्य अन्नहरु छन् । चामल नहुँदैमा अनिकाल हुँदैन् । नेपालीहरु चाँही चामल नभइ खान पाइँदैन् र खान नपाएको भन्छन् । बास्तवमा त्यो होइन ।

    चाडपर्वमा मिठाई कोसेली लान त बन्द नै गर्नुपर्छ । मेरोमा आउनेहरुले मिठाइ ल्याउँदा पनि नल्याउनुहोस् भनेको छु । ल्याउनै बन्द गरेको छु । आजभोलि ल्याउन छाड्नुभएको छ । फलफुल पाइन्छ नि बजारमा । म अरुको मा जाँदा फलफुल नै लैजान्छु । अलि सम्मान गर्ने मानिसको जाँदा काजु लैजान्छु । गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु । म आफू मिठाइ किन्दा पनि किन्दिन अरुलाई दिँदा पनि दिन्न । अरुलाई फलफुल लैजानुस सजिलो पनि छ । तर मिठाई चाँही न लैजानुहोस् नै भन्न चाहन्छु ।

    (जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीसंगको कुराकानीमा आधारित)

  • दशैं
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution