Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा

६ घण्टा अघि
२

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२ दिन अघि
३

सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत

५ दिन अघि
४

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

६ दिन अघि
५

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
६

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
७

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
८

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
९

सहकारी ठग रबि लामिछानेलाई बहिष्कार गरेर लखेट्छौं : महेश बस्नेत

१ हफ्ता अघि
१०

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
११

अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन : कुलमान

१ हफ्ता अघि
१२

क्यानडालाई ट्रम्पको चेतावनीः चीनसँग व्यापार सम्झौता गरे १०० प्रतिशत भन्सार कर लगाइने

२ हफ्ता अघि

धेरै पढिएका

१

ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

६ दिन अघि
२

ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि घट्यो

१ हफ्ता अघि
३

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

२ हफ्ता अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

४ हफ्ता अघि
५

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

४ हफ्ता अघि
६

क्यूआर भुक्तानीमा बढ्दै ठगी, राष्ट्र बैंकद्वारा विक्रेता र सेवा प्रदायकलाई सतर्क रहन आग्रह

१ हफ्ता अघि
७

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ हफ्ता अघि
८

सुनको मूल्यमा भारी गिरावट

१ हफ्ता अघि
९

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ हफ्ता अघि
१०

सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

२ हफ्ता अघि
११

एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की

१ हफ्ता अघि
१२

कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

२ हफ्ता अघि

कुमार केटाको पूजा र जात्रामा रमाउने खोकनामा छैन दशैंको रौनक

प्रमिला कार्की काठमाडौँ प्रकाशित मिति: २०८१ आश्विन १७, बिहिबार (१ साल अघि)

  • ६०९ पटक पढिएको
  • हिन्दुहरुको महान चाड बडादशैं विहीबार(आज)बाट प्रारम्भ भएको छ । पहिलो दिन घटस्थापन गरिएको छ । हर्ष र उमंगका साथ दशैं भित्रिएका बेला काठमाडौं नजिकै पर्ने ललितपुरको खोकनामा दशैंको रौनक देखिदैन ।

    देशविदेशमा रहेकाहरु दशै मनाउनकै लागि भनेर घरगाउँ फर्कने र बजारमा किनमेल गर्न व्यस्त रहँदा खोकनाबासी खेती किसानीमै व्यस्त देखिन्छन् ।

    सुन्दा पनि अचम्म लाग्नसक्छ ,नेपालकै लागि खोकना यस्तो गाउँ हो जहाँ कहिल्यै पनि दशैको चटारो हुँदैन् । किनभने त्यहाँ दशै नै मनाइँदैन् । ललितपुरको जावलाखेलबाट करिब सात किलोमिटर पर रहेको पुरानो नेवार बस्ती खोकना अहिले शहरकै रुपमा विकास भइसकेको पाइन्छ ,जहाँको आफ्नो छुट्टै सांस्कृतिक र धार्मिक परम्परा छ ।

    सम्पूर्ण नेपालीहरुमा दशैको रमझम छाउँदै गर्दा खोकनाबासी भने सिकाली जात्रा मनाउने तयारीमा छन् । यहाँ परम्पारकालदेखि नै दशैले खासै छुँदैन । दशैको रमझम मेटाउन सिकाली जात्रामा आफूहरु रम्ने गरेको स्थानीय हरिश्याम डंगोल बताउँछन् ।

    उनका अनुसार दशैंमा पूजा गरिने हातहतियार खोकनामा भने जनैपूिर्णमामा नै गर्ने गरिन्छ । दशैको बेला सात दिनसम्म चल्ने जात्रा सिकालीमा नै व्यस्त हुने कारण आफूहरुले दशै नमनाएको उनले बताए ।

    उनले भने,‘दशै सबैभन्दा पहिले खोकनाले मान्छ । दशैमा अरु ठाउँमा हात हतियार पूजा गर्ने गरिन्छ । तर हाम्रोमा जनैपूर्णिमा नै हातहतियार,कृषि औजार जनै पूर्णिमा नै पूजा गरिन्छ । खोकनामा जमरा राखिँदैन् । यो हाम्रो परम्पारदेखि नै चली आएको चलन हो । दशैको बेला सिकाली जात्राको चटारो हुन्छ । सात दिनसम्म जात्रा मनाउँछौ । दशैको अघिल्लो दिन जात्रा सकिन्छ ।’

    डंगोलका अनुसार खोकनाको पुरानो बस्ती कुदेशमा रहेको थियो जुन सकाली मन्दिर भएको ठाउँ हो । बस्ती खोकनामा सारेसँगै देवीलाई पनि सारियो जलाई अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ । देवीले नयाँ स्थानमा बस्न त मानिन तर भोग लिन भने मानिनन् । त्यसैले रुद्रायणी मन्दिरमा राँगो काटेपनि भोग दिनका लागि रगत भने सिकाली मन्दिरमा नै लाने गरेका छन् ।

    पहिले राँगो नै सिकाली मन्दिरमा लगिन्थ्यो । तर पछि त्यसको साटो गुठीबाट कुमार केटाहरुसँगै पूजा लगेर चोखो कुमार केटाबाट पूजा चलाउँछु भनेर देउतासँग मागेको किम्बदन्तीमा पनि रहेको उनको भनाई छ । जसअनुसार घटस्थापनाको दिन सिकालीमा कुमार केटाहरुको गोप्य पूजा गर्ने चलन छ । पूजा अवधिभर मन्दिर वरपर कसैलाई जान दिइदैन् ।

    उनले भने,‘पहिला यो गाउँलाई नै कुदेश भन्ने ठाउँमा थियो । त्यहाँबाट खोकनामा सरेको हो । जात्रामा खासगरी रुद्रायणीको पूजा गरिन्छ । र गणेश कुमारी भैरव सबैको पूजा हुने गर्दछ । राँगो काट्ने चार दिन अगाडि सिकालीमा कुमार केटाहरुको गोप्य पूजा गरिन्छ । जम्मा तीनवटा गुठी छ । र गुठीबाट कुमार केटाहरुसँगै पूजा लगिने गरिन्छ । त्यहाँ पहिला गुठीबाट राँगो भोग दिने गरिन्थ्यो, तर अहिले त्यहाँसम्म लान सकिन्न पूजा रुद्रायणीमा नै चोखो कुमार केटाबाट पूजा चलाउँछु भनेर देउतासँग मागेको किम्बदन्तीमा पनि छ । एउटा वर्षमा पूजा गर्ने कुमार केटाले बिवाह नगरेसम्म १२ सम्म उसैले पूजा मिल्छ ।’

    अष्टमी र नवमीका दिन नेपालीहरुले घर र मन्दिरमा बोका, खसी, भेडा च्याङ्ग्रा काट्ने र दुर्गा भगवानको पुजा गर्ने गर्दछन् ,तर खोकनामा भने गुठीबाट राँगो दिने तर घरमा बलि दिने चलन नरहेको पनि उनले जानकारी दिए

    त्यस्तै अर्का ७३ वर्षका स्थानिय गणेश डंगोल पनि आफ्नो निधारमा अहिलेसम्म दशैको टिका नपरेको र दशै कस्तो हुन्छ भन्ने सम्म पनि आफू जानकार नरहेको बताउँछन् ।

    उनले भने,‘घटस्थापनादेखि नै जात्रा सुरु भइसकेको हुन्छ । जात्रा त मान्नु प¥यो । त्यहि क्रममा परम्परादेखि नै दशै मनाएको छैनौं । यहाँ सिकाली जात्रा नै भव्यताकासाथ मनाइन्छ । विभिन्न किसिमको पूजाआजा र नाचगानसहित दशैं अवधिभर खोकनामा सिकाली जात्रा मनाउने गर्दछौं खासै त्यस्तो दशैको थाहा हुन्न ।’

    सात दिनसम्म मनाइने सिकाली जात्रामा अन्तर्गत १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रहमा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ ।

    आश्विन शुक्ल चतुर्थीदेखि आश्विन शुक्ल सप्तमीसम्म मनाइने जात्राको आफ्नै छुट्ट किम्बदन्ती इतिहास बोकेको स्थानीयहरु बताउँछन् ।

    जात्राको पहिलो दिन तीनवटा गुठीमा १–१ वटा राँगा काट्ने, र गुठीमा जानेहरुको भोज हुने गर्दछ भने दोस्रो दिन आफ्नो घर घरमा परिवारसँग बसि विभिन्न परिकारहरु राखेर भोज गर्ने गर्छन् ।

    तेस्रो दिन मुल जात्रा हुने गर्दछ । त्यसदिन खोकनाको मुख्य मन्दिर रुद्रायणी माईको मन्दिर हुन्छ । राति करिब साढे ३ बजेदेखि रुद्रायाणी माईलाई खतमा राखी सिकाली चौर लगिन्छ ।

    त्यससँगै चौथो दिनको जात्रामा दिउँसोको ४ बजेदेखि विभिन्न मुकुट लगायका देवीदेवताहरु नगर परिक्रमा गराई पुजा गरिने चलन छ ।

    अन्तिम दिन देवी देवताको नाँच देखाउने,मुकुट लगाएका देवताहरु जस्तै भैरव, कार्की, कुमारी, व्रमायणी, हनुमान, शक्ति आदिले दिनभर पौराणिक नाँचहरु देखाउँने  र यससँगै जात्राको समापन गरिने प्रचलन रहेको छ  ।

     

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…
    हरप्रहर

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

  • काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर
    हरप्रहर

    काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

  • खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी
    हरप्रहर

    खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी

  • अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)
    हरप्रहर

    अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)

  • ताजा खबर
  • १

    वीरगञ्जको आदर्शनगरमा सुरक्षाकर्मी र व्यापारीबीच झडप : एक सशस्त्र प्रहरी घाइते, गोदाममा छापा
    ६ घण्टा अघि

  • २

    वरिष्ठ कलाकार सुनिल थापाको निधन
    २ दिन अघि

  • ३

    सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
    ५ दिन अघि

  • ४

    ललितपुर-३ मा थापा जिताउने मिसन: २०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
    ६ दिन अघि

  • ५

    एकल बहुमत पाए पाँच वर्षभित्र ठोस परिवर्तन गरेर देखाउँछौँ : तोषिमा कार्की
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution