Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक २५, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि

काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ फागुन ६, मंगलबार (८ महिना अघि)

  • ४१४ पटक पढिएको
  • प्रमिला कार्की । लत्ता कपडा, विद्युतीय सामग्री एवम अन्य दैनिक उपभोग्य सामग्रीको मुख्य केन्द्र मानिने काठमाडौंका असन, महाबौद्ध, न्यूरोड, इन्द्रचोकमा व्यवसायिक चहलपहल कम भएकोप्रति स्थानीय व्यापारीहरुले गुनासो गरेका छन् ।

    आर्थिक मन्दी, सीमा नाकामा झन्झटिलो प्रक्रिया एवम पार्किङलगायतका समस्याका कारण पहिलेको तुलनामा हाल व्यवसायिक चहलपहल कमी भएको उनीहरुको भनाई छ ।

    काठमाडौंको हब मानिने यी व्यापारिक केन्द्रमा व्यवसाय ठप्प हुने अवस्था आएको व्यापारीहरुको गुनासो छ । विशेषगरी भारत एवम चीनबाट सामान आयात गर्न बढी झन्झटिलो भएको उनीहरुको भनाई छ । आर्थिक मन्दी साथै सवारी साधन पार्किङको समस्याले पनि असर पारेको उनीहरुको भनाई छ ।

    महाबौद्ध क्षेत्रमा विगत सात वर्षदेखि कपडा व्यापार गर्दै आएका दिपक आचार्य चीनबाट सामान ल्याउँदा भन्सार दरमा तलमाथि भइरहने, सामानहरु समयमै आइनपुग्ने, कहिलेकाहीं बाटोको समस्या हुँदा व्यापार गर्न समस्या हुने गरेको बताए ।

    ‘पाँच हजार पिस सामान ल्याउँदा पाँचसय मात्र खपत हुने, बाँकी सेलमा बेच्नपर्ने अवस्था छ । यस वर्षको जाडो मौसममा पनि कपडाको व्यापार न्यून भयो,’ उनले भने । आयात गरिएको सामान खपत नहुँदा व्यापारीहरु पलायन हुने अवस्थामा रहेको उनले सुनाए ।

    साथै, उनले देशमा बस्ने वातावरण सिर्जना गर्ने मुख्य काम सरकारको भएकाले वातावरण निर्माण गर्न आग्रह गरे । ‘देशमा बस्ने अवस्था किन भएन भनेर गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । ‘कुनै पनि आय स्रोतहरु  नेपालमा छैन । रोजगारीको  अवस्था छैन । यसलाई बढाउन विशेष भूमिका नै  राज्यको  हुन्छ ।  देशमा बस्ने वातावरण सिर्जना गर्ने मुख्य काम नै सरकारको हो, यसमा पर्याप्त काम गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

    हरेक कुरामा राजनीतिकरण नगरेर एउटा सरल ढंगले क्षमता भएको मान्छेलाई रोजगारीको अवस्था सिर्जना गरे सबै युवालाई स्वदेशमै बस्ने अवस्था बनाउन उनले सुझाव दिए ।

    यस्तै, काठमाडौंमै विगत १९ वर्षदेखि कपडाकै व्यापार गर्दै आएका नन्दराज मैनालीले पहिलेको तुलनामा यस वर्षको बाक्लो कपडा व्यापार करिब ७५ प्रतिशतले घटेको बताए । पहिलेका स्टक सामानहरु समेत नजाने कारणले टिक्न समेत नसक्ने अवस्थामा पुगेको गुनासो गरे ।

    उनले भने, ‘व्यापार सुरुवात गर्दा भन्दा अहिले ७५ प्रतिशतले घटेको छ । भूकम्पपछि भन्दापनि अहिलेको अवस्था कमजोर भइसक्यो । चीनबाट सामान ल्याउन पनि बैंकिङदेखि सीमा नाका र भन्सारमा समस्या छ । यतिबेला लगानी पनि नउठ्ने अवस्था छ । घर भाडा, स्टाफ खर्च तिर्न समस्या भइरहेको छ । अरु विकल्प छैन् । बाध्यात्मक अवस्था छ ।’

    भन्सारमा तिरेको शुल्क समेत सामान बेचेर उठाउन नसकेको भन्दै उनले अहिले सबैभन्दा ठूलो मारमा व्यापारी परेको बताए ।

    ‘चीनबाट ल्याउँदा ऐजेन्टलाई जिम्मा दिन्छौं । उता सामानमा परेको मूल्य, भन्सार र यातायात खर्च जोड्दा १० प्रतिशत नाफा कमाउन मुस्किल छ । सामान बिकेन भने एक वर्षपछि कौडीको भाउमा जाँदैन् । धेरै व्यापारीले स्टक सामान क्लियर गर्न गार्हो छ । सबैभन्दा ठूलो मारमा परेको नै हामी व्यापारी छौं,’ उनले भने ।

    साथै, काठमाडौं महानगरले सहजै रुपमा सवारी साधन पार्किङ गर्न नदिएकाले थप समस्या थपिएको उनले गुनासो गरे ।

    त्यस्तै, अर्का व्यापारी सुमन आचार्यको पनि समस्या उस्तै छ । आफूहरुले चीन लगायतका देशहरुबाट सामान आयात गर्दै गर्दा राज्यको सही नीति र गम्भीरता नभएको कारण सामान महंगोमा आउने गरेको बताए ।

    राज्यले विदेश जाने नेपाली युवाहरुलाई रोक्न नसक्दा धेरै सामान स्टक रहने, त्यसलाई अर्को सालसम्म लगानी गरेर राख्नुपर्ने अवस्था हुँदा व्यवसाय नै डगमगाएको उनी बताउँछन् ।

    राज्यले विभिन्न नाममा कर लिने भएका हुनाले पनि मूल्य बढ्दै गएको उनको भनाई छ ।

    उनले भने, ‘यसवर्ष पनि धेरै सामान स्टकमा छ । राज्यको सहि नीति नभएको हुनाले पनि होला, सामान किनेर ल्याउँदा धेरै झन्झट परिरहेको छ । राज्यले राम्रो नीति ल्याउने हो भने हुन्डीबाट पनि सामानहरु ल्याउन सकिन्छ । त्यसले राज्य र व्यवसायी दुवैलाई फाइदा हुन्थ्यो । राज्यले विभिन्न नाममा कर लिने भएकाले पनि मूल्य बढ्ने गर्छ ।’

    यसमा थप्दै उनले भने, ‘विभिन्न कारणले पेशा व्यवसाय छाडेर वैदेशिक रोजगारमा जाने क्रम बढेको छ । राज्यको सहि नीति र दृष्टिकोण नहुँदा युवाहरुलाई व्यवस्थापन गर्न सकिरहेको छैन् । गणतन्त्र भनेका छौं तर नेताहरुले यसमा चासो नै दिंदैनन् । जसका कारण व्यवसाय पनि डगमगाएको अवस्थामा छ । जुन गतिमा हिजो व्यापार थियो, त्यो हुन सकेको छैन् । धेरै सामान स्टक रहने, त्यसलाई अर्को सालसम्म लगानी गरेर राख्नुपर्ने अवस्था छ ।’ यस्तै, उनले ल्याएको भन्दा ५० प्रतिशत कम रेटमा पनि बेच्नुपर्ने अवस्था रहेको सुनाए ।

    उनले भने, ‘ल्याइएको सामान ५० प्रतिशत कम रेटमा पनि बेच्नुपर्ने, कति सामानहरु यतिकै बाड्नुपर्ने जस्तो अवस्था छ । राज्यले विभिन्न नाममा कर लिने त्यसको व्यवस्थापन नगर्ने भएको हुनाले पनि यहाँका धेरै व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ ।’

    विगतका तुलनामा यसवर्ष पनि बाक्लो कपडाको व्यापार खस्किएको अर्की व्यापारी सरस्वती खड्काले सुनाइन् ।

    उनी बजारमा नयाँ डिजाइनका सामानहरु माग हुने भएकाले पुराना स्टक सामानहरु विक्री नहुँदा घाटा व्यहोरेर पनि सेलमा राखेर कटाउने गरेको दुखेसो सुनाउछिन् ।

    उनले भनिन्, ‘मैले व्यवसाय सुरु गरेको ३० बर्ष हुन लाग्यो । केही बर्षअघि व्यवसाय ठिकै थियो । अहिले खस्किएको छ । अहिले भाडा तिर्न पनि धौ धौ परिरहेको छ । राजनीति अस्थिरता, आर्थिक मन्दी, युवाहरु विदेश पलायन, कामदारको अभावलगायतका कारणले समस्या व्यहोरिरहेका छौं । स्टक क्लियर गराउन सेलमा राख्नुपर्ने र घाटा व्यहोर्नुपर्ने अवस्था छ ।’

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    हरप्रहर

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

  • जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    हरप्रहर

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

  • भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    हरप्रहर

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

  • ६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल
    हरप्रहर

    ६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ हफ्ता अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    ३ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution