Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३०, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी

हरप्रहर डेस्क हेटौंडा प्रकाशित मिति: २०८१ माघ २९, मंगलबार (५ महिना अघि)

  • २२२ पटक पढिएको
  • हेटौँडा–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ कमाउँदै आएका छन् । उनले यही पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् ।  उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ ।

    खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मील सञ्चालन गर्दथे । गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनले बताए ।

    खुवाको हब बन्दै गएको सोही स्थानमा व्यवसाय सम्हाल्न पुगेका उनले आजभोलि दैनिक ३० किलो खुवा बिक्री गर्दै आएका छन् । उनको पसलमा खुवासँगै विभिन्न मिठाइका परिकार, केराको मःम, छोइला, पुष्टकारीहरु उत्पादनसँगै बिक्री हुनेगर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देखेका श्रेष्ठले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानी समेत गरेका छन् ।

    उनले भने, ‘खुवाका लागि भैँसीको दूध आवश्यक पर्छ । सोहीअनुरूप किसानलाई दस लाख रुपैंयाँ लगानी गरिसकेको छु ।’ परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् ।

    खुवा पेसा सम्हालेदेखि उनले आफ्नो व्यवसायबाट ६ जनालाई रोजगारी दिएकोसमेत बताए । खुवासँगै खाजा नास्तालगायतबाट मासिक दस लाख रुपैंयाँको कारोबार हुने गरेको श्रेष्ठले बताए ।

    मासिक दूध, खुवा पकाउने दाउरा खरिद, कर्मचारीलगायतमा मासिक साढे आठ लाख खर्च हुने पनि बताए । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ । आफूसँगै परिवारको पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए ।

    खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवनलगायतका जिल्लामा निर्यात हुने बताए ।

    कान्ति लोकपथ भएर हिँडने यात्री र खुवाका पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आकर्षण गर्ने गरेको छ ।  खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर
    हरप्रहर

    काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

  • अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)
    हरप्रहर

    अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)

  • गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज
    हरप्रहर

    गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

  • कुमार केटाको पूजा र जात्रामा रमाउने खोकनामा छैन दशैंको रौनक
    हरप्रहर

    कुमार केटाको पूजा र जात्रामा रमाउने खोकनामा छैन दशैंको रौनक

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ४ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution