बलात्कार अभियोगमा थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई संसद जाने बाटो खुलेको छ। सभामुख अग्नि सापकोटाले महरा थुनामुक्त भएको जानकारी प्रतिनिधि सभा बैठकमा गराएसँगै उनलाई संसद बैठकमा सहभागि हुने बाटो खुलेको हो।
बलात्कार अभियोगमा जेलमा रहेका कारण उनको सांसदको हैसियत खोसिएको थियो भने उनको सेवा सुविधा स्थगित भएको थियो। महराले सोमबार काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए। महरालाई थुनामुक्त गर्न अदालतले सोमबार नै कारागारमा पत्र पठाएको थियो।
महराले सोही सफाइ पाएको व्यहोरा सहितको पत्र संसद सचिवालयमा पठाएका हुन्। सोही पत्रको आधारमा उनको सांसदको हैसियत पुर्नबहाली गरिएको हो। ‘कारागारमा रहेका कारण उहाँ निलम्बनमा हुनु भएको थियो। अब हामीलाइ कारागारबाट मुक्त भएको उल्लेख गर्दै अदालतले पठाएको पत्र प्राप्त भएको छ’, संसद सचिवालयका सचिव भरत गौतमले भने।
सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठकमा महरा थुनामुक्त भएको व्यहोरा जानकारी गराएका हुन् ।
संसद सचिवालयमै कार्यरत एक कर्मचारीको बलात्कार अभियोगमा महराले १ सय ३ दिन थुनामा परेका थिए। उनले अभियोगपछि सभामुख पदबाट राजीनामा दिएका थिए । तर सांसद पदबाट राजीनामा दिएका थिएनन्। उनी दाङबाट निर्वाचित नेकपाका सांसद हुन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३