काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उड्नबाट रोकिएको छ ।
शनिबार बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो । तर, एयर होस्टेसहरुले हवाई जहाजमा बसिसकेका यात्रुहरुलाई हतार-हतार ओरालेका छन् ।इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । तर, एक्कासी एयर होस्टेजहरुले सिरियस प्रोबलम आयो छिटोछिटो ओर्लिनुस् भनेर हामीलाई ओराले,’ एक जना यात्रुले भने ।
कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएर उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिए ।
उनले पनि केमा समस्या आएको हो भनेर खुलाउन चाहेनन् । मानन्धरले भने, ‘सुरक्षालाई त ध्यान दिनुपर्यो नि । त्यही भएर केहीबेर डिले भएको छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३