सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेँलो धातुको खरिदमा कटौती गरेका छन् । व्यवसायीहरुले सनु नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ ।
नेपाल बैङ्कर्स संघका अनुसार फागुन शुरु भएलगत्तै व्यवसायीहरुको बैङ्कबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ । नेपालमा विवाह/व्रतबन्धको सिजन अर्थात् असोज, मङ्सिर, माघ र फागुनमा बैङ्कबाट उच्च मात्रामा नै सुन बिक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरुले बैङ्कबाट धेरै सुन किनेका छैनन् ।
गत वर्ष प्रतितोला रु ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य अहिले ८० हजार पुगेको छ । मूल्य बढेकाले पहिले दैनिक ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७