नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान मन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि सम्बन्धित निकायले छानबिन गरिरहेकै संकेत गरेका छन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन मोलमोलाइ गरेको दाबीसहित अडिओ टेप सार्वजनिक भएपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटामाथि सम्बन्धित निकायले छानबिन गरिरहेकै हुनुपर्ने प्रवक्ता श्रेष्ठले बताए।
गत बिहीबार अडिओ टेप सार्वजनिकपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए।
बुधबार सचिवालय बैठकपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले बाँस्कोटामाथि सम्बन्धित निकायले छानबिन अगाडि बढाएकै हुनुपर्ने बताए।
बाँस्कोटाको मुद्दा सामसुम पार्न संविधान संशोधनको मुद्दा ल्याएको आरोप नेकपामाथि छ नि! भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘मुद्दा एकदिनमा हराउने र विलाउने हुन्छ र? जे-जति छानबिन गर्ने प्रक्रिया सम्बन्धित निकायले अगाडि बढाएकै होला। कुनै मुद्दा कुनै विषयले अगाडि पर्ने पछाडि पर्ने भन्ने छैन।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३