काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपामा विघटन हुने अवस्था आउन नदिने बताएका छन् । पार्टीमा विवाद, संघर्ष भएपनि बाहिर चलेको हल्ला जस्तो नरहेको पनि बताए ।
दाहालले विहीबार राजधानीको यलम्बर पार्टी प्यालेसमा आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा कहिलेकाहिँ आउने विवादलाई तत्कालै समाधान गर्नतर्फ लाग्ने गरेको बताएका छन् ।
दाहालले धेरै ठूलो दुख र मूल्य चुकाएर कम्युनिस्ट पार्टी ल्याएको स्मरण गर्दै करौडौं जनताको आशा र अपेक्षा जोडिएको कारण पार्टी एक दशकसम्म नेतृत्व गर्न सक्षम रहने बताए ।
‘पार्टी भनेको जमेको पोखरीको निलो भएर बस्ने पानी चैं किटाणु लाग्ने जस्तो होइन। पार्टी भनेको गड्गडाएर अगाडि बढ्ने जात हो,’ दाहालले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३