काठमाडौँ – चक्रपथ सुधारको दोस्रो चरणको आयोजनाअन्तर्गत कलंकीदेखि चावहित–धोवीखोलासम्मको सडक विस्तारका लागि साइट खाली गराउन रुख काट्ने काम सकिएको छ ।
सडक विस्तारका लागि २ हजार बढी रुख कटान भएको छ । कलंकीदेखि नयाँ वषपार्कसम्म बिजुलीको पोल हटाउने कामसमेत सकिएको छ भने बाँकी भागमा तार भूमीगत गर्ने काम भइरहेको छ ।
चक्रपथ सुधार आयोजना प्रमुख अमृतमणि रिमालले वैशाखसम्म साइट खाली गरेर निर्माण अघि बढाउने गरी काम भइरहेको बताए ।
साइटअन्तर्गतका संरचना खाली भएपछि मात्र चिनियाँ निर्माण कम्पनीले चक्रपथ विस्तारको दोस्रो चरणको काम थाल्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७