काठमाडौँ – नेपाल राष्ट्रिय बैङ्कको नयाँ गभर्नर चैत्र पाँच अगाडि नै नियुक्त भइसक्ने पक्का भएको छ ।
सञ्चार तथा सूचना मन्त्रालयकाे समेत जिम्मेबारी सम्हाली रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बाेल्दै उक्त कुराको जानकारी दिएको हुन् ।
नयाँ गभर्नर को बन्छ भनेर पत्रकारले राखेको प्रश्नमा बोल्दै मन्त्री खतिवडाले भने ‘को बन्छ भन्ने कुरा भए पछि नै थाहा होला । म यहाँहरूलाई यति चाहिँ जानकारी दिन सक्छु गभर्नर चैत पाँच भन्दा अगाडि नै नियुक्ति हुन्छ ।’ उनले भने ‘मलाई पनि सरकारले अन्तिम समयमा नियुक्ती गरेको थियो । चैत पाँच गते दिनको तीन बजेसम्मा नयाँ गर्भनर नियुक्ती हुन्छ ढुक्क हुनुहाेस्।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७