काठमाडौं – पार्टीभित्र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढ्दै गएका बेला ओली बाहेकका शीर्ष नेता फेरि छलफलमा जुटेका छन्। शुक्रबार बिहान सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा ओली बाहेकका नेताहरु छलफलमा जुटेका हुन्।
नेकपा स्रोतका अनुसार प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताबीच करिब एक घन्टादेखि छलफल चलिरहेको छ। नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन्।
पार्टीमा पछिल्लो समय बढेको विवादलाई मुख्य विषय बनाएर नेताहरुले छलफल केन्द्रित गरेको स्रोतको भनाइ छ। बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा नेकपामा पछिल्लो समय तीव्र विवाद देखिएको छ।
बुधबार बसेको नेकपा सचिवालय बैठकले सर्वसम्मत रुपमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर अर्का अध्यक्ष ओली त्यसप्रति असन्तुष्ट देखिएका थिए।
खुमलटार स्रोतका अनुसार बैठक सकेर प्रचण्ड चितवनमा एक पोल्टी फर्म उद्घाटन कार्यक्रममा जाने छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३