काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफूहरुले धेरै सोच र विचार गरेर नेपालमा गाँजा खेति व्यवस्थापन तथा नियमन गर्न संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्राईभेट विल दर्ता गराएको स्पष्ट पारेका छन् । उक्त विद्येयक सर्वसम्मतीले पारित हुनेपनि उनले विश्वास दिलाएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद तामाङले उक्त विद्येयक गैरसरकारी रूपमा दर्ता गरिएको सुनाउँदै नेपालमा गाँजा खेति खुल्ला गरिए नेपाली जनता तथा देश नै समृद्ध हुने पनि दाबी गरे । उनले भने,‘नेपालमा गाँजा त प्राकृतिक रुपमा नै उत्पादित वनस्पती हो । त्यसमा पनि यसमा औषधीय गुण हुन्छ । नेपालको गाँजा विश्वकै महँगो गाँजाको रुपमा बिक्रि हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गाँजा खेति खुल्ला गरिए नेपाल र नेपालीहरु आयआर्जनको हिसाबले पनि धनी र समृद्ध हुने पटक–पटक विश्वास दिलाए । उनले थपे,‘गाँजा खेतिलाई वैधानिक बनाउन सकियो भने जनतामात्रै होईन, देशपनि समृद्ध हुन्छ । त्यही भएर हामीले संसदमा गैरसरकारी विद्येयकको रुपमा यसलाई दर्ता गराएका छौं ।’ उनले अन्तर्राष्ट्रिय रुपमा पनि गाँजाको कारोबार अरबमा नभएर खरबौं रुपैयाँमा भैरहेको दृष्टान्त सुनाए । उनले भने,‘नेपालले पनि भोलि यसबाट ठूलो आर्थिक लाभ लिनसक्छ ।’
उनले गाँजाको सेवनमात्रै नभएर यसको रेसाबाट कपडासमेत बन्ने गरेको पनि सुनाए । ‘गाँजाको रेसाबाट बन्ने कपडा त विश्वमै महँगो कपडाको रुपमा बिक्रि भैरहेका छन् ।’–उनले थपे,‘यसबाट बनेका कपडाहरुको विश्व बजारमा अत्यन्तै ठूलो माग छ । खासगरी गाँजाको रेस्साबाट बन्ने कपडाका कोटहरु त झनै महँगा छन् ।’ उनले गाँजामा औषधीय गुण भएकोले यसलाई रोक्न नहुने पनि तर्क गरे । तर, नेपालको हकमा यसको सेवनमा भने पूर्णतः कानून लागु हुनेपनि सचेत गराए । उनकाअनुसार २१ वर्ष पुगेकाहरुले चिकित्सको सुझावअनुसार सेवन गर्न सकिनेछ ।
विश्व स्वास्थ्य संगठनले पनि गाँजालाई लागुऔषधमा नराखेको सुनाउँदै यसतर्फ नेपालले पनि ध्यान दिनुपर्ने तामाङको तर्क छ । उनले भने,‘संयुक्त राष्ट्रसंघले त आफ्ना सदस्य राष्ट्रहरुलाई पत्राचार नै गरेर गाँजा लागुऔषध नभएको कुरा स्पष्ट रुपमा भनिसकेको छ। त्यही भएर ४० भन्दा बढि राष्ट्रले त गाँजालाई वैधानिकता दिईसकेका छन् ।’ उनले विश्व प्रतिष्पर्धाको बजारमा पनि नेपालको गाँजा नम्वर एक हुनसक्ने दाबी गरे । आफूहरुले नेपालीलाई कुनै दुव्र्यसनीको शिकार बनाउनको लागि यो कुरा नगरेको पनि तामाङले स्पष्ट पारे । उनले थपे,‘गाँजाको उत्पादनमा पूर्ण छुट हुन्छ। तर, सेवनको लागि कानून बनाउँछौं । र, चिकित्सको प्रेस्किप्नबिना सेवन गर्न दिनुहुँदैन्।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३