काठमाडौँ – अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी सेवा दिँदै आएको ‘फुडमाण्डु’को वेबसाइट ह्याक भएको छ ।
शनिबार राती साइबर हमलाबाट करिब ५० हजार ग्राहकको जानकारी ह्याकरले लगेको हो ।
ह्याकरहरुले गरेको साइबर हमलाबाट आफ्ना ग्राहकहरुको नाम, ठेगाना, ईमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत डेटामा ह्याकरले अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ ।
साइट ह्याक भएसँगै फुडमाण्डुले सरकारको साइबर अपराध डिभिजनसँग सम्पर्क गरेको छ । हाल डिभिजनले उक्त घटनामाथि अनुसन्धान गरिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३