काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्या ३५ प्रतिशत घटेको छ। कोभिड–१९ का कारण सरकारले पर्यटकीय भिसामा रोक लगाएको पहिलो दिनमै अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।
शनिबारसम्म सरदर दिनमा एक सय दुई उडान–अवतरण हुँदै आएको त्रिभुवन विमानस्थलमा आइतबार ६४ उडान–अवतरण भएका छन्। सरकारले वैशाख १८ सम्मका लागि अन अराइभल भिसामा लगाएको रोकले नेपाल आउने विदेशी घटेपछि अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले उडान संख्या घटाउँदै लगेका हुन्। नागरिक दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७