काठमाडौं – काठमाडौंको रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरेको हो ।
नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा कार्यालयको सेवाग्राही फाँटबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३